२ सय ४० कैदीबन्दीको सजाय मिनाहा गर्न सिफारिस,
जेठ १४ ,काठमान्डौ – सरकारले गणतन्त्र दिवसको अवसर पारेर २ सय ४० जना कैदीबन्दिको सजाय सरकारले मिहाना गर्ने भएको छ।
सरकारले केन्द्रीय कारागार, डिल्लीबजार करागार,नख्खुसहित देशका विभिन्न करागाराबाट कैदीहरुको बाँकी कैद सजाय मिनाहा गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको हो।
गृह मन्त्रालय स्रोतले विभिन्न अपराध अभियोगमा अदालतबाट दोषी ठहर भइ कैद भुक्तान गरिरहेकामध्ये ‘नेगेटिभ लिस्ट’मा नपरेका बन्दीलाई रिहा गर्न लागेको बताएको हो।
गणतन्त्र दिवस ,प्रजातन्त्र दिवस र असोज ३ गते संविधान दिवसको अवसर पारेर पनि कैदीबन्दीहरुको सजाय मिनाहा गरिँदै आएको छ ।
बलात्कार,भ्रष्टाचार,राज्य विरुद्धको अपराध लगायत आधा दर्जन कसुरमा दोषी ठहरिएका बन्दीलाई कैद मिनाहा गर्न नपाइने व्यवस्था कारागार व्यवस्था ऐन २०२०मा उल्लेख गरिएको छ ।

