क्वारेन्टाइनमा बसेकाले प्रहरीलाई कुटेर खुट्टाको घुडा भाचिदीए ,
जेठ १७ ,काठमान्डौ – क्वारेन्टाइनमा बसेकाहरुले सुरक्षार्थ खटिएका एक प्रहरीलाई कुटपिट गरी घाईते बनाएका छन्।
सप्तरीको कञ्चनरुप नगरपालिका,१ वैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टाइनमा बसेकाहरुले शनिबार भेट्न आएका आफन्तलाई भेट्दा सामाजिकदुरी कायम राखेर भेट्ने भनेपछि सुराक्षामा अखटिएका प्रहरी कमलेश साहलाई कुटपिट गरेका थिए।
‘क्वारेन्टाइनमा बसेका व्यक्तिसँग चार जना टाँसिएर कुरा गरिरहेको देखि टाढै बस्न भनेर सम्झाउनासाथ उनीहरु मिलेर कुटपिट गरे’घाइते प्रहरी साहले भने।
आक्रमणमा परेका प्रहरी साहको दाहिने घुँडाको माथिल्लो भाग भाँचिएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक सिनियर अहेव डम्बरप्रसाद गुप्ताले बताए। घाइते साहलाई उपचारार्थ कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल भर्ना गरिएको छ।
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न एकान्तवासका लागि क्वारेन्टाइनमा सुरक्षित राखे पनि भेट्न आउने परिवारले भिडभाड गरेको प्रहरीको भनाई छ।
चौबिस घण्टा आफ्नो ज्यान जोखिममा राखेरा काममा खटिएका सुरक्षाकर्मीमाथि गरिएको कुटपिटको घटना दुःखद भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डिएसपी मकेन्द्रकुमा मिश्रले बताए।
घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको र अन्यको खोजि भईरहेको पनि उनले बताए। पक्राउ गरिएकालाई पनि क्वारेन्टाइनमा राखीएको छ ,हाल उक्त क्वारेन्टाइनमा ३१ जना रहेका छन्।

