Gold
Bangad salyan

कर्णाली दैलेखमा थप २४ र जुम्लाका १९ जनामा कोरोना संक्रमणको पुस्टि ,

जेठ १९ ,काठमान्डौ – दैलेखमा थप २४ र जुम्लाका १९ जना गरि कर्णाली प्रदेशमा ४३ जनामा कोरोना संक्रमणका बिरामी फेला परेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला संयोजक विवेककुमार पुनले जानकारी दिए ।

दैलेखका संक्रमित मध्ये नारायण नगरपालिका वडा नं. २, ४, ५ र ९ का १७ पुरुष छन् । दुल्लु नगरपालिका वडा नं. ८ र १२ का ७ जनामा संक्रमण पुष्टि भएको छ ।

तीमध्ये २ वर्षीय बालक र २ जना महिला रहेको प्रयोगशाला संयोजक पुनको भनाइ छ ।तेस्तै जुम्लाको हिमा गाउँपालिका वडा नं. १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४, ५, र ६ का ९ जना पुरुष छन् ।

यो संगै दैलेखमा मात्र ७२ जनामा संक्रमणको पुस्टि भएको हो भने कर्णाली प्रदेशमा संक्रमितको संख्या १ सय ६६ पुगेको छ। कर्णाली प्रदेश दैलेखमा कोरोना संक्रमणबाट गत शनिबार एक युवकको मृतु भईसकेको छ।