संसद् भित्र भारतीय चेलीको दादागिरी देखिन थाल्यो : गंगा चौधरी,
जेठ १९ , काठमान्डौ – नेकपाकी सांसद गंगा चौधरी सतगौवाले संसदभित्र भारतीय चेलीको दादागिरी चल्न थालेको टिप्पणी गरेकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको सून्य समयमा बोल्दै सांसद चौधरीले समाजवादी पार्टीकी सांसद सरिता गिरीलेको अभियक्ति नेपाली भूमि मिचाहासँग सल्लाह गरेरमात्र नक्सा छाप्नुपर्ने भन्ने भनाईप्रति आपति जनाउदै चौधरीले यस्तो बताएकि हुन्।
समाजवादी पार्टीकी सांसद सरिता गिरीले संसद्मा हिन्दिमा बोल्ने गरेको पनि सामाजिक संजालमा विरोध भईरहेको छ। नेपालको न्याय प्रणालीमा सांसद संसद्मा बोल्दा हिन्दि बोल्नुपनि सहि नभएको नागरिकको गुनासो छ।
केहि दिन अगाडी नेपालले सार्वजनिक गरेको कालापानी ,लिपुलेख र लिम्पियाधुरा सहितको नक्सा गरेको थियो।
नेपालले नक्सा जारि गर्दा भारतलाई सोधेर मात्र नक्सा सार्वजानिक गर्नुपर्ने गिरीले बोलेपछि उनले भारतको सपोर्ट गरेको ठहर्छ ।,यसको जवाफ दिदै गङ्गा चौधरीले आज संसदमा भनेकी छिन भारतीय चेलीको दादागिरी चल्यो ।
,नेपालमा नेपालीको खाने ,भारतको गित गाउने ,नेपालमाथि भारतको दादागिरी, नमिचिएको भूमि ठाउँ छैन, नहेपिएको गाउँ छैन । मेरो देशको मिचिएको भूमि मेरो हो भन्न पनि मिचाहासँग सल्लाह गर्नुपर्ने ? यो कस्ता बिडम्बना हो ?

