Gold
Bangad salyan

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता सेना परिचालनबारे छलफल ,

जेठ १९ ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।

नेपालमा बढ्दो कोरोना भाईरसको महामारीलाई सहजीकरण गर्न सेना परिचालनको विषयमा प्रधानमन्त्री ओली कुराकानी गर्न पुगेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओ‌लीले सेना परिचालनको विषयमा छलफल गर्नका लागि राष्ट्रपतिसँग भेटवार्ता गरेको भनिएपनि राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले उक्त विषयमा कुनै छलफल नभएको बताए ।

प्रधानमन्त्री र राष्ट्रपतिबीच शितल निवासमा झन्डै सवा एक घन्टा कुराकानी भएको थियो।उक्त भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्‍डारीलाई सरकार सञ्‍चालन, समसामयिक विषयवस्तु र घटनाक्रमबारे रिपोर्टिङ गरेको अधिकारीले बताए ।