Gold
Bangad salyan

नवलपरासी पश्चिम प्रहरीको एक्सन धामाधम तस्करको समान पक्राउ ,

जेठ २० ,नवलपरासी पश्चिम – जिल्लाको सिमानाकाबाट अबैधरुपमा ल्याउदै गरेको १९ बोरा मल प्रहरीले नियन्त्रणमा लिएको छ ।

गैयराति प्रतापपुर गाँउपालिका वडानं ४ हरखपुराबाट भारतबाट अबैधरुपमा चोरी पैठारी गरी साईकलमा लोड गरि ल्याउदै गरेको करिब लाख ५० हजार बरारबरको (डिएपी) मल जिल्ला प्रहरी कार्यालय ,ईलाका प्रहरी कार्यालय बेलाटारी र पंचपेडा प्रहरी चौकीको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको छ।

बिषेश सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयको संयुक्त गस्ती टोलीले ३ वटा साईकलपनि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले बताए ।

लकडाउनको समयमा तस्करी बढेपछी प्रहरीले सक्रिया देखाउदै गत हप्ता छुट्टाछुटै नाकाहरुबाट करिब १ लाख ३० हजार बराबरको बिभिन्न किराना सामानहरु प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार पठाएको थियो।

हरपुर सशस्त्र प्रहरीले ३ लाख ३७ हजारको छोहाडा पनि नियन्त्रणमा लिई भन्सार पठाइएको सशस्त्र प्रहरी २६ नम्बर गण बेलासपुरले जानकारी दिएको छ ।

जिल्लाका सबै सिमानाकाहरुमा सिमा सुरक्षा साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागी आवत जावतमा पुर्णरुपमा रोकलगाइएको भएपनि तस्करहरुले तस्करी गरि रहेका छन् ।

रबिन्द्र यादव / नवलपरासी पश्चिम,