Gold
Bangad salyan

रुकुम पश्चिम सोती घटनामा वेपत्ता गोबिन्द शाहीको पनि शव फेला पर्यो ,

जेठ २० ,काठमान्डौ – रुकुम पश्चिम सोती घटनामा वेपत्ता भएका गोबिन्द शाहीको पनि शव फेला परेको छ।

भेरी नगरपालिक,११ मटेलाका  १८ वर्षीय गोविन्द शाहीको शव मंगलबार फेला परेसँगै मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

शाहीको शव भेरी नगरपालिका–१२ स्थित भेरी नदीमा स्थानीयले फेला पारेको जाजरकोटका डीएसपी किशोर श्रेष्ठले बताए ।

गत १० गते रुकुम पश्चिमको चौरजहारी सोति ८ मा अन्तरजातीय प्रेम विवाहलाई लिएर जाजरकोटका ६ जनाको हत्या गरिएको थियो।

नवराज विक पश्चिमकि सुस्मा मल्ललाई लिन पुगेको बेला स्थानीय वडाअध्यक्ष सहितको टिमले दलितले मल्ल थरको केटि लिन खोजेको भन्दै हत्या गरिएको थियो।

दलितको नाममा हत्या गरिएका नवराज विक सञ्जु विक, लोकेन्द्र सुनार, गणेश बुढा र टीकाराम सुनारको शव यसअघि नै भेरी नदीमा फेला परेको थियो ।

घटनामा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ।