चौतर्फी विरोध पछि सरकारले कर बुझाउने म्याद थप्यो ,
जेठ १९ ,काठमान्डौ – चौतर्फी आलोचना र विरोध पछि सरकारले कर बुझाउने म्याद थपेको छ।
आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कर बुझाउने समय असार ७ गतेसम्मका लागि थप गरिएका जानकारी दिएकाे हो ।
सरकारले लकडाउन खेपी रहेका नागरिक व्यापारीलाई यो जेठ २५ गते भित्र कर बुझाउन जानकारी गरेको थियो अन्यथा नबुझाए कारबाही गर्ने समेत बताएको थियो।
जसलाई लिएर नागरिकले चर्को आलोचना गरेका छन्।


