Gold
Bangad salyan

रुकुम पश्चिम सोती घटनाका दोषीलाई थप १० दिन हिरासतमा राख्न आदेश ,

जेठ २३ ,काठमान्डौ – रुकुम पश्चिम चौहराजारी सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

चौरजहारी नगरपालिका–८, सोतीमा गत जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत रुकुम (पश्चिम) ले आज म्याद थप गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले ११ दिनको म्याद माग गरेकामा अदालतले अभियुक्तलाई १० दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

घटनामा संलग्न भएको भन्दै मृतक परिवारले २० जनाको नाममा अकितानी जाहेरी दिएपनि प्रहरीले १८ जनालाई पक्राउ गरेको छ अझै २ जना फरार छन्।

पहिलो पटक थप गरिएको १० दिनको म्याद सकिएपछि घटनाको थप अनुसन्धान आवश्यक रहेकाले दोस्रो पटक म्यादका लागि अदालतसमक्ष माग गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।रुकुम पश्चिम सोतिमा जाजरकोट भेरी नगरपालिकाका ६ जना युवाको हत्या गरिएको छ।

अन्तरजातीय विवाहको विषयलाई लिएर चौरजहारी–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लले पुरै गाँउलाई बोलाएर दलित नवराज विक र उनीसंग गएका युवाको हत्या गर्न लगाएका थिए।

नवराज विक रुकुम पश्चिम सोतीमा उनकी प्रेमिका सुस्मा मल्ललाई लिन गएको बेला हत्या गरिएका हुन्।