युएईबाट १७५ जना नेपालि स्वदेश आईपुगे ,
जेठ २३ ,काठमान्डौ – कोरना महामारी र लकडाउनका कारण समस्यामा परेका १७५ जना नेपालि युएईबाट नेपाल आईपुगेका छन्।
उनीहरुलाई सारजाह विमानस्थलबाट एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमानले त्रिभुवन विमानस्थलमा साँझ ५:३६ मा ल्याईपुर्याएको हो।
यस अघि नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरेको यात्रु नभई इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली उक्त विमानमा नेपाल आएका छन् ।
आज नेपाल आएका अधिकांस चैत ११ गते उडान गर्न सारजाहा र दुबई विमानस्थलबाट फर्केका कामदार हुन् ।
ट्रान्सगार्ड कम्पनीले यूएईमा लकडाउन भएपछि २४ सय नेपालीलाई रोजगारबाट निष्कासन गरेको थियो ।
तेस्तै नेपालि दुतावासले प्रथामिकतामा राखेका नेपालिलाई उडान अनुमति दिने कि नदिने भन्ने विषयमा बिहानैदेखि विवाद भएको छ।
सीसीएमसी स्रोतले उडान भाडा सम्बन्धी समस्या सिर्जना भएको जनाएको थियो । त्यसपछि उत्पन्न अफ्ठ्यारो परिस्थितिका बीच दुई वटा कम्पनीले एयरलाइन्ससँगको समन्वयमा आफ्ना कामदार नेपाल पठाउने तय गरेको थियो ।
युएई दुतावासका अनुसार १८ हजार भन्दा बढी नेपालि नेपाल आउन चाहेका छन्।

