कर्णाली दैलेखमा अर्को त्रुटि रिपाेर्ट नआउँदै घर पठाईयो पछि रिपोर्ट पोजेटिभ आयो,
जेठ २४ ,काठमान्डौ – कर्णाली प्रदेश दैलेख नारायण नगरपालिक,२ का तीन जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ। उनीहरु खुलम खुल्ला गाँउ बजार र आफन्त संग डुलेका थिए।
भारतबाट आएका उनीहरुलाई नारायण क्याम्पसको क्वारेन्टाइनमा राखीएको थियो। आरडीटी परीक्षणमया नेगेटिभ आएपछि घर पठाईएको थियो तर अहिले पिसिआरमया पोजेटिभ देखिएपछि पुन : क्वारेईन टाईनमा बोलाईएको हो।
अहिले उनीहरुलाई जाजरकोटस्थित कोटथाप्लामा निर्माण गरिएको क्वारेन्टाइनमा राखीएको छ ।
उनीहरुसँग आएका ८७ जनाको खोजी गर्न नगरपालिकाले ११ वटै वडा कार्यालयलाई परिपत्र गरेको छ । ‘
आरडीटी गरिएपछि पीसीआरको रिपोर्ट आउन समय लाग्ने भन्दै घर पठाइएको थियो ।
नारायण नगरपालिकास्थित नारायण क्याम्पस कोरोना संक्रमणको केन्द्र बनाईएको छ। एक सय बेड क्षमताको क्याम्पसमा अहिले २ सय ५० जनालाई राखिएको छ ।
सुरुमा कोरोना पुष्टि भएकालाई छुट्टै व्यवस्थापन गर्न सकेको भए भयावह अवस्था नआउने नागरिक समाजका अगुवा खडकबहादुर सिजापतिले बताए।
नगरपालिकाले पूर्वतयारी र सावधानी नअपनाउँदा संक्रमण धेरै देखिएको उनले बताए ।
जनशक्ति अभावले परीक्षण ढिला हुँदा संक्रमित गाउँघरमै पुगेको नारायण नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्का बताउछन ।
जेठ १ गते नगरपालिकामया झन्डै १५ सय जना भारतबाट भित्रिएका छन् । अहिलेसम्म जम्मा ८ सय ३७ जनाको आरडीटी र ३ सय १६ जनाको पीसीआर गरिएको छ ।
‘रिपोर्ट आउन समय लागेपछि १४ दिन क्वारेन्टाइनमा बसेकालाई घर पठाएका थियौं उनले अहिले रिपोर्ट पोजिटिभ आएपछि फिर्ता बोलाइएको हो उनले भने ।
हचुवाको भरमा स्थानीय तहले भारतबाट फर्किएकालाई घर पठाउँदा समस्या भएको जिल्ला समन्वय समिति प्रमुख प्रेम थापाले बताए ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निरन्जन पन्तका अनुसार रिपोर्ट ढिलो आउँदा संक्रमितको संख्या बढ्दै गएको छ ।
‘ठाउँ अभावका कारण संक्रमितलाई क्वारेन्टाइन र आइसोलेसनमा विभाजन गरी राखेका छौं ।’
नगरपालिकाभित्र ३ सय १६ जनाको पीसीआर परीक्षण गर्दा १ सय ९५ जना संक्रमित देखिएको उनले बताए । दैलेखमा अहिलेसम्म ३ सय १० जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
संक्रमण बढ्दै गएपछि थप जोखिम नियन्त्रणका लागि दैलेख जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।

