गोरखामा नेपाली कांग्रेस सभापति हरी घलेको उपस्थितमा शिक्षक कमल गुरुङले गरे स्थानीयमा कुटपिट,
जेठ २४ ,काठमान्डौ – गोरखा बारपाक सुलिकोट गाँउपालिका वडान ३ स्वाँरामा स्थानिय माँझथर माविका सिक्षक कमल गुरुङले आफ्नो नेतृत्वमा २० देखि ३० जना नेपालि कांग्रेसका कार्यकर्ता परिचालन गरि स्थानीयमाथि कुटपिट गराएका छन्।
नेपालि कांग्रेसका जिल्ला सभापति हरि घलेको उपस्थितिमा सांसद प्रकाश दवाडीको निर्देशनमा सिक्षक गुरुङले स्थानिय अमर गुरुङ, स्थानीय वुद्दिजिवि विषमान बरामलाई कुटपिट गरि घाईते बनाएका हुन् ।
प्रदेश सरकारले विनियोजन गरेकोे वजेटले निर्माण गर्ने भवनको विषयलाई मुद्दा वनायर हरि घले र नेपालि कांग्रेसका प्रदेश सांसद प्रकाश दवाडीले आफुहरुले भनेको ठाँउमा भवन हुनुपर्ने माग राख्दै कार्यकर्तालाई निर्देशन गरेर कुटपिट गर्न लगाएका हुन्।
सिता गुफा नजीक भवन बनाउने भनेर पहिलेदेखि सहमति छ र भवन निर्माण गर्ने ठाँउपनि उपयुक्त छ स्थान भएको हुँदा सबै स्थानीयले भवन निर्माणमा सहमति गरेका थिए ।
तर कांग्रेसका सांसद प्रकास चन्द्र दवाडी काग्रेस जिल्ला सभापति हरी घलेले आफुहरुले भनेको स्थानमा भवन निर्माणको माग राखेर स्थानीय सिक्षक कमल गुरुङलाई निर्देशन गरि आफ्ना कार्यकर्ता परिचालन गरि स्थानियलाई कुटपिट गरेका हुन्।
स्थानीयलाई कुटपिटपछि पुरै गाँउ लागेर कांग्रेसका कार्यकर्तालाइ लखेटेका थिए।कमल गुरुङको टिम हरि घले झगडा हुनु पुर्व अन्यत्र स्थानमा लुकेर बसेको र कार्यकर्तालाई निर्देशन दिने गरेको पाईएको छ।
कमल सिक्षक भएर कांग्रेसको कार्यकर्ता हुनु र स्थानिय कुट्नुले नागरिक झन् त्रासमा छन्। घटनाको छानबिन गरि स्थानीयले तत्काल कारबाहीको माग गरेका हुन्।

