Gold
Bangad salyan

राहतको नाममा ३ जार पानि त्यो पनि नेपाली कांग्रेस लेखेर ,

जेठ २५ ,काठमान्डौ – कोरोना रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनमा राहत नेपालि कांग्रेसले पानीको जार वितरण गर्दा जारमा नेपालि कांग्रेस लेखेर वितरण गरेको पाईएको छ।

आईतबरा धुलिखेलमा राहत वितरणमाको क्रममा नेपालि कांग्रेस धुलिखेल नगरपालिका मेयर रमेशप्रसाद हुमागाईले धुलिखेल नगरपालिका वडा नम्बर ३ का विभिन्न गाउँ पुगेर ‘नेपाली काँग्रेस धुलिखेल’ लेखिएको पानीको जार वितरण गरेका छन् । वितरणमा हुमागाई आफै पुगेका थिए।

उनको साथमा जिल्ला सदस्य समिर ब्याञ्ञु श्रेष्ठ वडा सभापति प्रल्हाद आचार्य, युवा नेताहरु सजय तामाङ र श्याम दर्शन गणेजु लगायत नेपाली काँग्रेस धुलिखेल नगर समितिका पदाधिकारी पुगेका थिए ।

राहत वितरण पछि हुमागाईले आफ्नो फेसबुकमा फोटो पोष्ट गर्दै लेखेका छन् । ‘कोरोना जोखिम कम गर्न आज नेपाली कांग्रेस धुलिखेल नगर समितिबाट उपलब्ध खानेपानी जार ३ सेट र सेनिटाईजर धुलिखेल नगरपालिका वडा नं ३ को आचार्य गाऊँ, तल्लो कुत्ताल र चंखुवेशीमा रहेको ३ वटा दुग्ध डेरीहरुलाई हस्तान्तणर गर्यौ ।

विपदको बेला राहत वितरण गर्नु पार्टीको मात्र नभई मानवीय धर्म दायित्व हो तर राहत दिएर राजनीतिक ट्याग लगाउनु राम्रो होइन भन्दै अहिले उनको चौतर्फी आलोचना गरिएको छ।