Gold
Bangad salyan

लकडाउन गरेर १० अर्बको राहत वितरणको डाटा देखाएको भन्दै सरकार विरुद्द प्रदर्शन ,

जेठ २९ ,काठमान्डौ – सरकार विरुद्द वालुवाटारमा विरोध प्रदर्शन गरेको छ। प्रदर्शन रोक्न प्रहरीले पानीका फोहरा अश्रुग्यास हानेको छ भने कतिपयलाई नियन्त्रणमा लिईएको छ।

कोरोना संक्रमणको महामारीमा सरकारले नागरिकमाथि चालेको कदमप्रति असन्तुस्ट भएपछि विरोध गरिएको हो।

महामारी नियन्त्रणका लागि सरकारले केवल लकडाउन गर्ने नागरिकलाई दुख दिने राहत नदिने सरकारले आफै १० अर्बको राहत बाँडीएको डाटा निकाल्ने गरेपछि नागरिक असन्तुस्ट छन्।

कोरोना परीक्षणमा सरकारले दायरा बढाउन नसकेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको, राहत वितरण प्रभावकारी हुन नसकेको आदि विषयलाई लिएर राजधानीमा सर्वसाधारण विरोधमा उत्रिएका हुन्।

शान्तिपूर्ण रुपमा विरोध प्रदर्शनमा उत्रिदा सरकार भने त्यसलाई दमन र बल प्रयोग गर्ने गरेको छ। उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए तेस्मापनि प्रहरीले बल प्रयोग गरेको थियो ।