Gold
Bangad salyan

मोटरसाइकलमा एक जनामात्रै सवार हुनपाउने ,

जेठ २९ ,काठमान्डौ – सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेको छ। यो संगै जोरबिजोर संख्यामा यातायातका साधन संचालन हुनपाउने र साईकिल मोटरसाईकिलमा एक जना भन्दा बढी सवार हुन नपाउने सरकारले निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै अर्थ, सूचना तथा संचार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले अब निजी गाडीमा चालकबाहेक थप दुई जना मात्रै सवार हुन पाइने बताएक छन्।

यस्ता सवारीसाधन काठमाडौंका हकमा उपत्यकाभित्र र बाहिर एक जिल्लाभित्र मात्रै सञ्चालन हुन पाउने छन् ।

सरकारले लकडाउनलाई खुकुलो बनाउदै जाने पहिलोचरणमा यस्तो व्यवस्था गरेको हो। तेसै गरि सरकारले स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने निर्णय गरेको छ जसअनुसार निजी क्लिनिक समेत सञ्चालन हुनेछन् ।

यसैगरी सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको खतिवडाले बताए ।सपिङ मल भने खोल्ने निर्णय भएको छैन ।