Gold
Bangad salyan

कुवेतबाट आजपनि १४२ नेपालि स्वदेश फर्किदै ,

जेठ ३० ,काठमान्डौ – आजपनि कुवेतबाट १४२ जना नेपालि महिला स्वदेश फर्किदै छन्।

कुवेतमा आममाफी पाएका महिलाहरुलाई लिएर कुवेतबाट जहाज उडिसकेको छ। जहाज त्रिभुवन विमानस्थलमा साढे ११ बजे अवतरण गर्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

कुवेतबाट हिजो पनि २९९ जना महिला स्वदेश फर्किसकेका छन् ,उनीहरु सबैलाई कुवेत सरकारले आफ्नै खर्चमा नेपाल सम्म ल्याईदिएको हो।

कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो ।

कुवेतले गएको अप्रिल महिनाभरी नै यी दुई तरिकाले आममाफीमा सहभागी गराएको थियो।