बम राखेर भाग्दै गर्दा विप्लव नेता प्रहरी नियन्त्रणमा ,
जेठ ३० ,काठमान्डौ – ललितपुरको पुल्चोकमा बम राखेर भाग्दै गरेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लवका एक नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पाटन बस्ने श्याम महर्जनलाई प्रहरीले शुक्रबार साँझा नियन्त्रणमा लिएको बताएको छ।
बम राखेर उनी भाग्न लागेको स्थानीयले देखेपछि महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
उनले राखेको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ। महर्जन विप्लव नेकपाको केन्द्रीय सदस्य रहेको खुलेको प्रहरीले जनाएको ।

