Gold
Bangad salyan

जानी राखौ आज ऐतिहासिक दिनमा अनुपस्तिथ हुने सांसदको नामावली यी हुन् ,

जेठ ३१ ,काठमान्डौ – प्रतिनिधिसभाको बैठकले दुई तिहाई भन्दा बढी मतका साथ संविधानको दोश्रोे संशोधन विधेयक २०७७ पारित गरेको छ ।

प्रतिनिधि सभामा कुल सांसद २७५ सांसद छन् । २५८ सांसदले संशोधनको पक्षमा मतदान गरे भने १५ जना अनुपस्तिथ थिए विपक्षमा शून्य मत देखियो ।

शनिबारको बैठकमा सांसदहरु अमृतादेवी अग्रहरी, गोपाल बहादुर बम, दुलारी देवी खत्वेनी, धन बहादुर बुढा ,नागेन्द्र कुमार चौधरी, प्रमोद शाह, शिव कुमार मण्डल, सूर्य नारायण यादव, सूर्य बहादुर केसी, हरिबोल गजुरेल, ज्ञान कुमारी छन्त्याल अनुपस्थित रहेका थिए ।

सांसदहरु हरिनारायण रौनियार, रेशम चौधरी, मोहम्मत अफ्ताब आलम र बिजय कुमार गच्छदार निलम्बित छन् । यस्तै सांसद सरिता गिरी भने बैठक बहिष्कार गरी बाहिर निस्किएकी थिइन् ।