Gold
Bangad salyan

प्रतापपुर गाँउपालिका अध्यक्षको दुर्घटनामा परि ज्यान गयो ,

जेठ ३२ ,नवाल्पारसी पश्चिम – नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राकुमार शर्मा सवार कार दुर्घटनामा परेको छ । दुर्घटनामा अध्यक्ष शर्माको ज्यान गएको छ ।

गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाट मा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको उपचारमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपराका प्रहरी उपरिक्षक अजय केशीले बताउनुभएको छ ।

शर्मा संगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते भएका छन् । उनी खतरामुक्त रहेको बताईएको छ ।

कार बर्दघाटको लक्ष्मीनगर पुल देखि तल खोलामा खसेको हो । अध्यक्ष शर्मा जिल्ला विपद ब्यबस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासी जादैहुनुहुन्थ्यो ।

शर्माको शवलाई पोष्ट मार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको छ ।

रबिन्द्र यादव / नवलपरासी पश्चिम,