Gold
Bangad salyan

रुकुम पश्चिम सोती घटना छानबिनको म्याद थप सात दिन ,

जेठ ३२ ,काठमान्डौ – रुकुम पश्चिम सोती ८ को घटना छानबिन थप सात दिन थपिएको छ। रुकुम सोतिमा आफ्नी प्रेमिका लिन गएका जाजरकोटका नवराज विक सहित ६ जना युवाको हत्या गत जेठ १० गते भएको थियो।

प्रेमी लिन गएका नवराज बिकलाई दलित भन्दै हत्या गरिएको थियो। हत्या घटना छानबिन गर्न र दोषीलाई कारबाही गर्न गृह मन्त्रायलले सह–सचिव जितेन्द्र बस्नेत संयोजकत्वको पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो।

घटना छानबिन गर्न थप साथ् दिन म्याद थप गरिएको छ। समितिमा एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृहमन्त्रालयका एक जना उपसचिव छन् ।

गृहमन्त्रालय श्रोतका अनुसार समितिले स्थलगत अध्ययन, छानविन र विश्लेषण सकिसकेको छ । थपिएको समयमा प्रतिवेदन लेखनको कार्य हुनेछ ।