Gold
Bangad salyan

कमलबजारका ७९ जनाले कोरोना जितेर खुसि हुँदै घर फर्कीए वडा अध्यक्षले गरे विदाई ,

जेठ ३२ ,काठमान्डौ – अछाम कमलबजार नगरपालिका ९ मष्टावण्डालिको क्वारेईनटाईनमा बसेका ७९ जना डिस्चार्ज भएका छन्।

वडा अध्यक्ष दुर्गा प्रसाद बजगाईले कोरोनटाईनमा रहेका ७९ जनालाई सेवा सुविधा सहित १४ दिन सम्म राखेर आज विदाई गरेका हुन्।

भारतको विभिन्न ठाँउमाबाट आएर क्वारेईनटाईनमा बसेका ७९ जनाको रिपोर्ट चेक जाँच परिक्षनमा पोजेटिभ देखिएपछि उनीहरुलाई उपचार गरिएको थियो।

आज पुन: चेक जाँचमा रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई बजगाईले विदाई गरेका हुन्।

कोरोनालाई जितेपछि खुसि हुँदै उनीहरुले वडा अध्यक्ष बजगाईलाई बधाई दिएका छन् ।,

क्वारेईनटाईनमा रहुन्जेल सम्म अध्यक्षले आफुहरुलाई कुनै पनि कुराको कमि नराखी सेवा सुविधा पुर्याएको र उपचार गरेकोले सबैजना ठिक भएको बताउदै ७९ जना घर फर्कीएका हुन्।