Gold
Bangad salyan

रुकुम घटनामा नवराज सहित ६ जनालाई ह,त्या गरि भेरी नदीमा फालीएको प्रहरीको निस्कर्ष ,

जेठ ३२ ,काठमान्डौ – पश्चिम रुकुम सोती ८ घटनामा नवराज सहित ६ जनालाई सामुहिक ह,त्या योजना गराई मारीएको प्रहरीले निकर्ष निकालेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार योजनाबद्ध रुपमा बाटोमा छेकेर ह,त्या गरि भेरी नदीमा फालीएको अनुसन्धानबाट भेटिएको छ ।

आइतबार प्रहरीले निष्कर्षसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ र, जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको ।

त्यसमध्ये २९ जना पक्राउ परिसकेका छन् भने ५ जनालाई फरार प्रतिवादी बनाइएको छ । २९ जनालाई प्रतिवादी बनाउँदै सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको रुकुम प्रहरीको भनाइ छ ।

६ जनालाई मारेर भेरी नदीमा फालीएको र बाँकीलाई घाईते बनाईएको जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसुरमा मुद्दा दर्ता भएको महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए।

मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारको रुपमा राखिएको छ । बाँकी ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरेको छ ।

यसमा प्रहरीले वडाध्यक्ष, युवतीसहित उनका बुबा, आमा, दाइलगायतलाई प्रतिवादी बनाएको छ । चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक ह,त्या, गरेको निष्कर्षमा खुलेको छ।

गत जेठ १० मा जाजरकोटको भेरी नगरपालिकाका नवराज १८ जनासहित प्रेमिका लिन चौरजहारी गएका थिए ।

त्यहि बेला केटी पक्षले सानो जातकोले माथिल्लो जातको केटि ताकेको भन्दै जाजरकोटको भेरी नगरपालिकाका नवराज बिक सहित ६ जनाको ह,त्या, गरिएको थियो ।

,जसमा भेरी नगरपालिका–११ का गोविन्द शाही, जाजरकोटको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार, भेरी नगरपालिका–४ का गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जीव विकलाई पनि ह,त्या ,गरि भेरिनादिमा फालीएको थियो।

घटना १० जेठमा घटे पनि १३ जेठमा पीडितले २० जनाविरुद्ध किटानी जाहेरी दिएपछि मात्रै प्रहरीले वडाध्यक्षसहित १२ जनालाई हिरासतमा लिएको थियो ।