एकै दिन ४५१ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या ६२११ पुग्यो,
असार १ ,काठमान्डौ – नेपालमा थप एकै दिन ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
जसमा ३५ महिला र ४१६ जना पुरुष रहेको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६२११ पुगेको छ । तेसैगरी हाल सम्म कोरोनालाई जित्नेको संख्या १०४१ पुगेको छ।
बितेको २४ घण्टामा थप ६७ जना संक्रमणमुक्त भएपछि यो संख्या पुगेको हो जसमा ७ महिला र ६० पुरुष रहेका छन् ।
तेसै गरि नेपालमा हालस अम्म कोरोन बाट १९ जनाको निधन भैसकेको छ।

