काफल खाने गरेको फोटोलाई शिलान्यास र भोजभतेर भनेर प्रचारबाजी अध्यक्ष केसी ,
असार २ ,सुर्खेत – सिम्ता गाँउपालिका अध्यक्ष कविन्द्र कुमार केसीले राजकाँडा दरबारको शिलान्य गरे र भोजभतेर भनेर आएका अनलाई समाचारमा आफ्नो ध्यानकर्षण भएको बताएका छन्।
केहि दिन यता आफुविरुद्द आएका समचारप्रति आपति जनाउदै पत्रकारले समचार लेख्दा सत्य तथ्य बुझेर लेख्न पनि केसीले आग्रह गरे।
पौराणिक कालदेखि करिब २ देखि ३ वर्ष पहिलेबाट सिम्ताबासिले राजकाँडा दरबारलाई राजा बस्ने ठाँउ भनेर चिन्ने गरेको छन् त्यो यौटा डाँडा हो।
पौराणिक कालबाट बचाईएक सम्पदा र स्थानलाई पर्यटकस्थल भनेर चिनाउने र यसमा राज्यले पनि केहि सहयोग गरोस भनेर आफुहरुले पर्यटन प्रवर्दनमा कुरा राखी परदेशले पनि चासो राखेको केसीले रंग दर्पणलाई बताए।
परदेश सरकारलेले पनि प्राथमिकता राखेर काम अगाडी बढाउने भनेको छ यो काम मेरो होइन त्यो त प्रदेशले गर्ने काम हो शिलान्यास गरेपनि पर्यटन मन्त्रालय र वन मन्त्रालयले गर्छ जसको लागि मन्त्रालयबाट सम्बन्धित पक्षका मानिसहरु आएर अनुगमन ,मुल्यांकन गर्लान ।
मेरो नाम लिएर शिलान्यास गर्यो भनेर समचार लेखेका रैछन त्यो सबै गलत हो। शिलान्यास कविन्द्रले यक्लै गर्छ र ?
शिलान्यास हुँदा त स्थानीय बुद्दिजिवि बस्लान ,उपभोक्ता समिति होला मन्त्रालयका मान्छे होलान पत्रकार बोलाएर विधिगत होलानी निराधार आरोप लगाउन अन्गर्नल समचार हालेर हुन्छ र केसीले भने।
राजकाँडाको स्थलगतमा आफुहरु गएको भने केसीले बताए केहि स्थानि प्राविधिक टोली देखि वडा अध्यक्षले त्यो क्षेत्र कस्तो रैछ देख्न पाए हुन्थ्यो भनेर चासो राखेकाले त्यो तर्फ लागेका उनले बताए ।

अन्लाईनले भोजभतेर भनेर हालेका फोटोमा काफल गेडी समाएर खाएको देखिन्छ,
क्वारेईनटाईनबाट नजिकै पर्ने देउलि भन्ने स्थानमा काफल खाने गर्दै गर्दा खिचेका र बसेका फोटाहरु तानेर भोजभतेर शिलान्यास गर्यो भनेर लेखेको देखि म अच्चमित परे उनले भने तेस्तै कतिपयले त हातपात गरे भनेर समेत लेखेका रैछन।
अध्यक्ष केसी करिब डेढ महिनाबाट क्वारेईनटाईनमा बसेका नागरिकलाई हेरचार र सेवा सुविधामालागिरहेको बताए। रिपोर्ट नेगेटिभ आएका हरुलाई विदाई गरिएको र अब करिब दुई सय देखि तिन सयको हाराहारीमा मात्र क्वरेईन टाईनमा भएको पनि उनले बताए।
संक्रमित ४ जनालाई आईसोलेसन्म राखेरा उपचार भईरहेको पनि केसीले जानकारी दिए। अध्यक्ष केसीको बारेमा आएका समाचारहरु के हुन त भनेर स्थानियसंग हामीले सोधेको प्रश्नमा भने उनीहरुले पनि त्यो सबै गलत हो स्थानीयमा कुनै पनि काम हुँदा डोजरले बाटो खन्दा पनि घरमा बसेर कमिसम माग्नेहरुको केहि जमात छ।
उनीहरुले शिलान्यास भनेर विरोध गर्नेगरी लेख्न लगाएको बताए। आफुहरुले कदापी त्यो हुन नदिने पनि उनीहरुले बताए।

