दुवैबाट आज नेपाल फर्किने १४८ नेपालीमा ९४ गर्भवती महिला ,
असार ५ ,काठमान्डौ – यूएईबाट १४८ जना नेपाली कामदार बोकेर नेपाल एयरलाइन्सको उडान शुक्रबार बिहान उडेको छ ।
जसमा १०१ जना महिला छन् भने ति मध्ये ९४ जना महिला गर्भवती छन,४७ जना पुरुष हुन्।
विमानमा एक जनाको शव समेत रहेको दुतावासले जनाएको छ। नेपाल एयरलाइन्सको उडान नम्बर आरए २२९२ ले स्थानीय समय ५ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन विमानस्थलको लागि उडान भरेको छ ।
कोभिड १९ का कारणले समस्यामा परेका र दुतावासले प्राथामिकतामा राखेका नेपालिलाई स्वदेश पठाईएको हो जसमा कामदार आफैले ४० हजारका दरले टिकट काटेका हुन्।
रोजगार करार अवधि समाप्त भएका कामदारलाई भने रोजगारदाता आफैले टिकटको व्यवस्था गरिएको छ ।स्वदेश फिर्नुअघि सबैको विमानस्थलमै कोरोना आरडिटी परीक्षण गरिएको थियो ।
यस्तै दूतावासका तर्फबाट उपनियोग प्रमुख तथा प्रवक्ता रिता धिताल, द्वितीय सचिव तथा सूचना अधिकारी भुवन ओझा, जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलमले विमानस्थलमै पुगेर विदाई गरेका थिए ।
यस्तै एनआरएन युएईका अध्यक्ष प्रकाश कोइराला, उपाध्यक्ष पासाङ शेर्पा र नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल पनि नेपालीहरुलाई विदाई गर्न विमानस्थल पुगेका थिए ।
यसअघि एयर अरेबियाले १६८ जना यात्रु ल्याएको थियो ।

