Gold
Bangad salyan

एमसीसीमा प्रधानमन्त्री ओलीलाई बामदेवले साथ नदिने ,

असार ५ ,काठमान्डौ – नेकपा उपाध्यक्ष बामदेव गौतम एमसीसीको पक्षम नरहेको र प्रधानमन्त्री ओलीको कित्तामा नरहने स्पस्ट धारणा राखेका छन्।

गौतमले आफ्नो सचिवालयमार्फत प्रधानमन्त्री ओलीको कार्यशैलीमा असहमति रहेको धारणा समेत सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति सिंगो पार्टी नेतृत्वभित्रै अनगिन्ति असहमति छन् ति सबै कार्यक्रममा आउनेछन क. वामदेव यही कित्तामा अडिग हुनुहुन्छ।

पत्रकार विश्वमणी सुवेदीले आफ्नो फेसबुकमा लेखेका छन् ‘एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न।

सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामूहिक प्रतिक्रिया आउने बताउँदै सुवेदीले भनेका छन् ‘क. वामदेवलाई पनि त्यहीँ भेटिँदैछ।

सचिवालयमार्फत सार्वजनिक भएको धारणा नै उपाध्यक्ष गौतमको धारणा रहेको पत्रकार सुवेदीले बताएका छन् ।

उपाध्यक्ष गौतम सरकारमा जाने हल्ला मात्र रहेको गौतमको सचिवालयले जनाएको छ। संशाेधित नक्सा जारी गर्ने एजेण्डा नै गौतमको रहेको भन्दै यसअघि नै प्रेस नोटबाट यो कुराको जानकारी दिएको समेत गौतमको सचिवालयले जनाएको छ।

सचिवालयका आनुसार उपाध्यक्ष गौतम अझै केही समय सार्वजनिक प्रतिक्रियामा आउने छैनन्।