राति १० बजेदेखि बिहान ५ बजे सम्म हिडडुल गर्न रोक ,
असार ५ ,काठमान्डौ – सरकारले राति १० बजे देखि बिहान ५ बजे सम्म हिडडुल गर्न सर्वसाधारणमा रोक लगाएको छ।
असार १ गते देखि लकडाउन खुकुलो बनाएको सरकारले लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको ह।
मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको बताएको छ।
तेस्तै उत्पादनमूलक क्रियाकलाप,उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने पनि भनिएको छ ।
बिहे भोज भतेरमा जस्तोमापनि १५ जना भन्दा बढी सहभागी हुन नमिल्ने गृहले सुचनामा भनेको छ।
सरकारले अत्यावश्यक कामबहाहेक आफू रहेको आवास/कार्यस्थलबाट अन्यत्र आवतजावत नगर्न, नगराउन समेत भनेको छ ।
हिडडुल गर्दा वा कार्यस्थल रहँदा कम्तिमा दुई मिटरको सामाजिक दूरी कायम गर्न अनिवार्य रुपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि गृहले भनेको ।
ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन प्रोत्साहित गर्न पनि गृहले भनेको छ ।
सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखबाहेक ७३ जिल्लाभित्र निजी सवारी साधनमा जोरविजोर प्रणाली कायम गरिएको छ ।

