Gold
Bangad salyan

कोरियाले जेलबाट डिपोर्ट गरेका १४ नेपालिसहित २२८ जना काठमान्डौ आईपुगे ,

असार ६ ,काठमान्डौ – कोरोयाबाट २२८ नेपालि शनिबार बिहान ८ बजे त्रिभुवन विमास्थलमा आईपुगेका छन्।

उनिहरुसबै कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आएर भिसा सकिएका नेपालि हुन्।

दक्षिण कोरियाले नेपाली कामदार लिन पठाएको कोरियन एयरको जहाजबाट उनीहरु नेपाल आएका हुन्।

कोरियन एयरको जहाज यात्रुबिनानै नेपाल जान लागेको थाहा पाएपछि गैरआवासीय नेपाली संघ र नेपाली दूतावासले कोरियाबाट नेपाली उडाउन पहल गरेका थिए ।

ईपीएसमार्फत कोरिया गएका ४ हजारभन्दा बढी नेपालीको भिसा सकिएको छ । चार्टर गरिएको विमानमा नेपालीले १ लाख ५० हहार रुपैया तिरेर आएका हुन् ,कोरियाबाट नेपाल विमान आउदा ३० हजार देखि ५० हजार सम्म पर्ने गर्दछ।

नेपाली दूतावासले केही समयअघि भिसा सकिएका एक हजारभन्दा बढी नेपालीको नामावली नेपाल सरकारलाई पठाएको थियो ।

सोहि नामावली भित्रका नेपाली नागरिक शनिबार नेपाल आइपुगेका हुन् । बिरामी, सुत्केरी र अन्य जटिल समस्यामा रहेकालाई प्राथमिकता दिइएको दुतावासले जनाएको छ ।

अवैधानिक रूपमा बसेको अभियोगमा कोरियाका विभिन्न जेलमा रहेका १४ नेपाली पनि सोही उडानमा फर्किएका छन् ।

दक्षिण कोरियाली सरकारले अवैधानिक रूपमा बसेकालाई पक्रिएर डिपोर्ट गर्छ ।