प्रधानमन्त्री ओलीको बोलि मजाक र विरोध बन्दै ,
असार ६ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई नागरिकले यसरि मजाक र विरोध गरेकी सायद त्यो सोच्नपनि सकिन्न।
गत ४ गते बिहीबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाले छोयो भन्ने मर्छु भनेर नसोच्न र आत्माबल ठुलो बनाउन आग्रह गरेका थिए।
नेपालीको ईम्युनिटिपावर धेरै हुने हुँदा सधै अदुवा ,बेसार ,पानि र लसुनको प्रयोग गर्नाले पनि कोरोनालाई जित्नसकिन्छ भन्ने अभिव्यक्ति दिएका थिए।
तर त्यो बोलि आज नागरिकले विरोध स्वरुप दैनिक जस्तो सामाजिकसंजालमा लेख्ने र माईतिघरमण्डलामा बेसारपानि बोकेर हिड्ने गरेको देखिन्छ।
कतिपयले त सडकमा सुतेर आफ्नो शरीरभरि बेसार हाल्ने गरेका छन्। शनिबार पनि काठमान्डौमा दर्जनौ युवाहरुले सडकमा सुतेर बेसार हालेर विरोध गरेको र पेटीमा सुतेको देखियो।
उनीहरुले भ्रस्टचार सरकार केपी ओली आफै डाक्टर बन्नाखोजेको समेत आरोप लगाएका छन्।

