Gold
Bangad salyan

कर्णाली प्रदेशमा एकै दिन ४६ जना संक्रमित थपिए ,

असार ६ ,सुर्खेत – कर्णाली परदेशमा २४ घन्टामा थप ४६ जनामा कोरोना पुस्टि भएको छ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट शनिवार ४६ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका १९,सल्यानका २६ जना र जाजरकोटका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पुष्टि गरे ।

तेस्तै सुर्खेतबाट १३ जना र सल्यानका ११ गरि २४ जना थप डिस्चार्ज भएका छन्। यो संगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १२४५ पुगेको छ ।

हाल सम्म नेपालका ७४ जिल्लामा कोरोना फैलीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफ़िङ्गमा बताएको छ।