Gold
Bangad salyan

४४ वर्ष पछि आज सबैभन्दा लामो दिन ,

असार ७ ,काठमान्डौ – ४४ वर्षपछी आज खण्डग्रास सुर्यग्रहण लागेको छ ,भने आज वर्षकै लामो दिनपनि हुने छ।

बिहान १० बजेर ५५ मिनेटमा लागेको खण्डग्रास २ बजेर २३ मिनेटमा सकिने छ।

खण्डग्रास काठमान्डौबाट हेर्दा १२ बजेर ४१ मिनेट जाँदा करिब ८८ प्रतिशत ढाकिएको देखीएको छ।

एसिया अफ्रिकी मुलुकबाट चाईना ,इथुपिया ,थाईल्याण्ड ,भारतदेखि विभिन्न मुलुकबाट आज खण्डग्रास हेरीएको छ।

अब ४४ वर्षपछी मात्र यो खण्डग्रास देखिने वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए ।

आजको दिन विशेसगरि गर्भवतीमहिलाले विशेष ध्यानदिनुपर्ने हुन्छ ,भान्छामा पाकेका खानेकुरामा ग्रहणका विकिरण पर्नेभएको हुनाले तुलसीको पात राखेर वा घरको मुलढोकामा गाईको गोबरले लिपपोत गर्नुपर्ने शास्त्रमा भनिएको छ।

नाङ्गो आँखाले ग्रहण नहेर्न र हेर्नेपरे ग्रहणकै लागि बनाइएको चस्मा प्रयोग गर्नपनि खगोलविदले बताएका छन्।

तेस्तै काठमान्डौमा खण्डग्रासको समयमा वातावरणमा परेको असर तापक्रम घटेर हल्का हावा लाग्ने गरेको र मधुरो धुप बनेको छ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णय सिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक मान्यता छ ।