नेपालको अब एक जिल्लामात्र कोरोनाबाट सुरक्षित ,
असार ८ ,काठमान्डौ – कोरोना महामारीको संक्रमणबाट नेपालको एक जिल्लामात्र सुरक्षित रहेको छ भने बाँकी सबै जिल्लामा कोरोना भाईरसका बिरामी फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
हिजो ओखलढुंगामा सङ्क्रमण भेटिएपछि ७६ जिल्लामा सङ्क्रमण भेटिएपछि अब बागमती प्रदेशको रसुवामा मात्रै संक्रमण देखिएको छैन ।
चीनको हुवान सहरबाट फैलीएको यो भाईरसले अहिले विश्वमा महामारीनै ल्यायो जसले मानवजीवननै तहसनहस बनायो।
नेपालमा गत माघ १० गते पहिलोपटक कोरोना भाईरसका एक जना बिरामी फेला परेका थिए। ,
स्वास्थ्य मन्त्रालयले टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शंका लागेका एक जना बिरामीको नमूना परीक्षणको लागि पहिलोपटक हङकङ पठाएको थियो। उक्त नमुनामा कोरोना पोजेटिभ फेलापरेको थियो।
हाल सम्म नेपालमा ७६ जिल्लमा गरि ९ हजार २६ जना संक्रमित फेला परेका छन् भने यो संख्याबाट १७७२ जना निको भएर डिस्चार्ज भएका छन् तेस्तै यो संख्याबाट २३ जनाको डेथ भएको छ।

