‘मेरो देश ‘ रमेश मल्ल
आकाश धर्ति जँहासुकै खोज,
मेरो सगरमाथाको शीरमाथि खोज,
जँहा अजर ,अटल स्वदेश भेटिनेछ ,
त्यहा प्यारो -प्यारो मेरो देश भेटिनेछ।
वीर नेपालीका सन्ततिहरु ,
आफ्नो स्पन्दन छामेर हेर ,
ईतिहासका पत्र पत्रमा रगतको गन्ध सुँघेर हेर ,
जँहा वीरताको कथा भेटिनेछ ,
त्याँहा बलिदानको गाथा भेटिनेछ।
हिमाल पहाड तराई मधेश ,
प्रकृतिको मनोरम वरदान छ विशेष ,
क्रान्तिको र परिवर्तनको बाटो समाती ,
शान्ति र समृद्दीको सपना छ विशेष ,
जँहा विविधतामा एकत्वको परिवेश भेटिनेछ
त्याँहा प्यारो -प्यारो मेरो देश भेटिने।
यँहा मानव छ / मानवीयता छ,
त्याँहा सचेतना छ गतिशिलता छ ,
जँहा अभाव अशान्ति र कुशासनलाई
शुसासन शान्ति र समृद्दीमा बदल्ने दृढता छ,
,जल जमिन जडिबुटी ,जलश्रोत र जनशक्ति समायोजन र विकसित गरेर
२१ औ शताब्दीको मध्यान्तरसम्म समाजवादी नेपाल निर्माणको योजना छ।
,स्वाधीन र समाजवादी सपनाको
जीवन्त आकृति हो नेपाल ,
विभेद र अपमानका विरुद्द,
समानता अनि स्वाधीनताको हुँकार हो नेपाल।
हेर धर्ति -आकास लियालेर हेर ,
ऊ पारि पारि क्षितिजमा हेर,
जँहा सुनौलो बिहानी देखिनेछ,
त्याँहा प्यारो -प्यारो मेरो देश देखिनेछ
जँहा प्यारो -प्यारो मेरो देश भेटिनेछ।।
रमेश मल्ल

