Gold
Bangad salyan

सरिता गिरीलाई कारबाही गर्न समाजवादी पार्टीको पदाधिकारी बैठक बस्दै ,

असार ८ ,काठमान्डौ – समाजवादी पार्टीको पदाधिकारी बैठक बस्दै छ,पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा सांसद सरिता गिरी प्रकरणमा छलफल हुने बताइएको छ ।

नेपालले जारि गरेको नयाँ नक्सा अनुसार नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकमाथि सांसद गिरीले सचिवालयमा संशोधन दर्ता गराएकयि थिइन् ।

सो संशोधनको सूचना फिर्ता लिन पार्टीले गिरीलाई ह्विप जारि गरेपनि उनले टेरपुच्छर लगाईनन बल्कि उल्टै विधेयकको टुंगो लगाउन चुनाव भएको दिन उनी संसद बैठक नै बहिष्कार गरेर निष्केकी थिइन्।

संसोधन फिर्ता नलिए पार्टीले कारवाही गर्न बाध्य हुने संसदीय दलले पठाएको पत्रमै उल्लेख थियो ।

संसदीय दलबाट कारबाही गर्ने र गिरीलाई सांसद र सदस्यबाट समेत हटाउने गरि कारबाही गर्ने पत्र तयार भईसकेको थियो।

तर त्यसमा संसदीय दलको प्रमुख सचेतक उमाशंकार अरगरियाले हस्ताक्षर गर्न नमानेपछि तत्कालका लागि कारवाही टरेको थियो ।

सो पार्टीका सांसद एवं उपाध्यक्ष रेणु यादव, सचिव इस्तियाक राय, प्रदीप यादव, अरगरियालगायत सरिता गिरीलाई कारवाही गर्ननहुने भन्दै विपक्षिमा उभिएका छन् । तर सो पार्टीका नेता राजेन्द्र श्रेष्ठलगायतले कारवाही गर्नुपर्ने जोड दिँदै आएका थिए ।

पार्टीले गिरीलाई स्पस्टिकरण सोध्ने छ ,चित्त बुझ्दो जवाफ नआए उनलाई दुवै पदबाट हटाउने गरि कारबाही हुने छ ,गिरि खस आर्यकि समानुपातिक सांसद हु।