थाहा पाउनुहोस आज देशका यी भागमा भारि वर्षा हुने छ,
असार १० ,काठमान्डौ – देशभर मनसुनी वायु सक्रिय रहेको कारण आज देशका यी भागमा भारि वर्षा हुने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ।
केहिदिन लगातार वर्षा भएपनि आज प्रदेश ३ का केहि भागमा मौसम सफा छ भने राजधानीमा पनि आज बिहानैदेखि मौसम सफा देखिने गरेको छ।
अहिले सुदूरपश्चिम प्रदेशका पहाडी भू ,भागमा र प्रदेश १ को तराईका भू–भागमा निरन्तर वर्षा भईरहेको छ।
तेसैगरी प्रदेश ६ को उच्च पहाडी भू भागमा अवार्षा भईरहेको छ भने प्रदेश २ का बारा, पर्सा, रौतहटमा मौसम सफा छ।
तेस्तै आज प्रदेश ५ का भू भागमा पनि मौसम सफा छ। आज पनि देशका धेरै स्थानमा हल्का देखि भारि वर्षा हुने महाशाखाले जनाएको छ।
आज कर्णाली प्रदेशका केहि स्थानमा भारि वर्ष हुने छ भने नदीमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
प्रदेश १, प्रदेश २, र गण्डकी प्रदेशमा पनि आज एक वा दुई केहि स्थानमा भारि वर्षको सम्भावना छ ,भने आज देखि शुक्रबार सम्म दिउँसो देशका सती प्रदेशमा हल्का देखि मध्यम वर्षा हुने छ ।,हिजो राति देखि वर्षा भएको स्थानमा पुन: मौसम सक्रिय बदलि रहने मौसम शाखाले जनाएको हो।

