Gold
Bangad salyan

नेपाल प्रहरीले बाघ समाएको देखेपछि भारत डारायो भारतीय मिडियामा हाँगामा ,

असार ११ ,काठमान्डौ – भारतीय मिडियाबाजी कसरि चल्छन भन्ने र कति सम्मका भ्रम छरछन् भन्ने यो बाट प्रस्ट थाहा हुन्छ।

सामाजिक संजालमा नेपालीले बाघलाई समाएको फोटो देखेर भारतीय मिडियाले भनेका छन्। भारतसंग लड्न नेपालले बाघ प्रयोग गर्दै,

,भारतीय च्यानल आजतकले भनेको छ ,नेपाल भारत सिमामा चीनको नँया साजिश सिमानामा लड्नको लागि नेपालले बाघको प्रयोग गर्दैछ।

यो तस्विरमा नेपाल प्रहरीले चितुवा समाएको देखिन्छ र तस्विर सत्यपानी हो।

केहिदिन अगाडिमात्र बेनीमा यौटा बिरामी बाघ स्थानीयले बाटोमा हिडेको देखेपछि प्रहरीलाई जिम्मा लगाएका थिए।

उक्त बाघ बिरामी रहेको हुनाले कसैलाई केहि गरेन बालक देखि स्थानीय नागरिकले बाघसंग फोटो समेत खिचे र डोरीले बाँधेर डोर्याउदै बाटो परिक्रमा गरे।

प्रहरीले बाघलाई जंगलमा छोडेको थियो ,उक्त समयमा खिचीएका तस्विर सामाजिकसंजालमा छन्।

तेही तस्विरलाई भारतीय मिडियाले सिमानामा लड्न नेपालले बाघ पर्यो भनेर प्रसारण गरेका छन्।

पछिल्लो समय नेपाल भारत सिमाना कालापानी ,लिपुलेख ,लिम्पियाधुराको विषयमा दुई देशबीच विवाद बढेको छ।