Gold
Bangad salyan

प्रधानमन्त्री मोदी नेपाल आयपछी सिमानाको बारेमा कुरा उठाउनुस ओली काका भन्दै माग्ने बुढाले यस्तो लेखे ,,

वैशाख १४, भारतीय प्रधानमन्त्री मोदी नेपालको दुई दिने राजकीय भ्रमण गर्नको लागि नेपाल आउदै गर्दा यसलाई कुन ढंगले हेर्ने हुन् प्रधानमन्त्री केपी ओली ले त्यो त २८ गते हेर्न बाँकी नै छ

मोदीले नेपाल भ्रमणमा जनकपुर को पनि अवलोकन गर्ने छन् तेस्को लागि पुरा तयारी गरियको छ, र काठमान्डौ मा पनि स्वागत र सुरक्षा को तयारि गरिदै छ मोदी वैशाख २८ गते नेपाल आउने छन्

प्रधानमन्त्री केपी ओली भारतको ३ दिने भ्रमण गर्न गयको बेलामा नै प्रधानमन्त्री मोदी लाई ओलीले नेपाल आउन आग्रह गरेका थिय
ओलीले भारतमा गयर केके गरे के हुन्छ ,त्यो काम पुरा भय पछि मात्र देखिने छ । तर यसपटक मोदीलाई नेपालमा स्वागत गरे पछि नेपालको सिमानामा भयका हस्तक्षेप सम्बन्धि कुरा उठाउन हास्य कलाकार केदार घिमिरे माग्ने बुढाले ओलीलाई सुझाब दियका छन

उनले ओलीलाई भारत जाँदा पायको डाक्टर उपाधि समेत फिर्ता गर्न आग्रह गरेका छन्

भारतले बार- बार नजिक हुने र सिमामा रहेका नेपालीबासि हरु लगायत नेपालको सम्पतिमा हस्तक्षेप गरेको देखिन्छ , अब मोदीलाई यसको बारेमा कुरा उठाउन पर्यो नत्र दूई प्रधानमन्त्री भेट्ने तर सिमाना मिच्दै जाने कार्य अगाडी बढ्यो भने त कसरी नेपालले चेन लिन सक्छन भन्दै आफ्नो फेसबुक मा यस्तो पोस्ट गरेका छन्

केपी बा, हजुरले मोदि काकालाई रातो कार्पेट ओक्ष्याउनै लाग्दा उता मोदिका भतिजाहरुले सिमानामा थाॅग्नो ओक्ष्याएछन । रास्ट्र्बादीको बिल्ला भिरेको सरकारले कुटनीतिक तबरले यो समस्या समाधान नगर्ने हो भने नेपाली जनताले अर्को चुनावमा हजुरहरुलाई त्यही थाॅग्नामा लगेर सुताउछन्। देखिएका समाचार सत्य हुन भने ” सिमानामा ठोस संरचना बन्यो भने भोलि सिमाना सार्न सकिदैन ” भन्ने आशयले नेपाल भित्र आएर खम्बा उखेलेका रहेछन। अस्ती हजुरलाई डाक्टरको उपाधी भिराएर पठाका छन क्यार , मोदि काका आॅउदा त्यो उपाधी हातमा थमाएर भन्नुहोला ” उपाधी लानोस ,सिमाना छोड्नोस।– शिघ्र समस्या समाधान होस भनि माग गर्दछु। जय मातृभूमि।