Gold
Bangad salyan

थप २५५ जनामा कोरोना संक्रमण फेला ,

असार २४ ,काठमान्डौ – नेपालमा थप २५५ जनामा कोरोना संक्रमण फेला परेको छ।

यो संगै हाल सम्म संक्रमितको संख्या १६ हजार ,४ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले आजको नियमित मिडिया ब्रिफिङ्गमा बताए।

तेस्तै गत २४ घन्टामा २५३ जनाले कोरोनालाई जितेका छन् ,यो संगै कोरोनालाई जितेर घर फर्किनेको संख्या हाल सम्म ७ हजार ७ सय ५२ पुगेको छ ,।

तेस्तै मन्त्रालयले दैनिक ४ हजार ६ सय ९६ जनाको पीसीआर परिक्षन गरेको बताएको छ भने हाल सम्म २ लाख ६६ हजार ४५७ जनाको पीसीआर परिक्षन भएको छ।

तेस्तै आजपनि उपत्यकामा २३ जना नँयासंक्रमित फेलापरेका छन् ति मध्ये काठमाडौंमा १६ र ललितपुरमा ७ रहेका छन्।

मन्त्रालयले देशभरका क्वारेन्टिनमा २५ हजार ४० व्यक्ति रहेको बताएको छ भने आज कर्णालीमा १४ जना नँया संक्रमित देखिएका छन्।