Gold
Bangad salyan

काठमान्डौको सेनिटाईजर कम्पनीमा मेसिन पड्कियो ८ घाईते एक गम्भीर ,

असार २९ ,काठमान्डौ – काठमान्डौको बालाजु औद्योगिक क्षेत्रमा रहेको एक सेनिटाइजर कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन् भने एक जना गम्भीर भएको खुलेको छ ।

सेनिटाइजर कम्पनीमा मेसिन पड्किँदा घाइते भएका उनीहरूलाई पिपल्स मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो।

आगलागीबाट उनीहरुको शरीरका भागहरु जलेका छन् घाइतेको उपचारमा कम्पनीले चासो नदेखाएको एक काम गर्ने व्याक्तिले बताए।

घाईतेहरुमध्य ३ जना घर फर्कीएको र पाँच जना पिपल्स मेडिकल कलेजमा उपचार गरिरहेका छन् ति मध्ये एक जनाको अवस्था गम्भीर गरेको पाईएको छ।

बालाजु औद्योगिक क्षेत्रका प्रमुख सेनिटाइजर कम्पनीका प्रतिनिधि भोजराज बिडारीका नुसार भने घाईतेको अवस्था अहिले सामान्य छ ,अस्पतालले अनि घाईते सबैको अवस्था सामान्य छ भनेको बताए।अस्पतालमा लागेको घाईतेको सबै उपचार खर्च कम्पनीलेनै तिर्ने छ उनले भने।

तर एक व्याक्तिका अनुसार भने कम्पनीले पिपल्स कलेजमा अहिले सम्म सम्पर्क पनि गरेका छैनन र बिलको पैसा पनि तिरेका छैनन् ,अहिले अर्को अस्पतालमा उपचारका लागि लैजान रिफर भएको छ।