Gold
Bangad salyan

हुम्लामा हिजो राति आएको बाढीले विद्यालय घर गोठ बगायो क्षति विवरण आउन बाँकी

हुम्ला – हुम्लामा अहिजो राति आएको असिना अपानिले विद्यालय घर तथा गोठहरू बगेका छन्। हुम्लाको चंखेली गाउँपालिका,५ नेप्का गाउँमा हिजो एक्कासी आएको बाढीले डाँफे आधारभूत विद्यालय नै बगाएको छ । साथै खेतीयोग्य जमिन बगाएको छ भने गोठ बगाउदा गाई वस्तु बाख्रा बगाएको वडा अध्यक्ष हर्कधन तामाङले बताए।

रातिको बाढीले के कति क्षति गर्यो भन्ने अझै एकिन हुन सकेको छैन। घटनास्थल तर्फ आज बिहान मात्र सुरक्षाकर्मी पठाउने तयारि भैरहेको प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले बताए।

नेप्का गाउँ दुर्गममा भएकाले क्षतिको पूर्ण विवरण आउन नसकेको उनले बताए। हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा चंखेली गाउँपालिका पर्छ। त्यातल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ छन् । वादान ५ मा पर्ने नेप्का गाँउ यहाँ मोटर गुड्ने सडक छैन । गाउँपालिकाको केन्द्रसम्म पुग्न पाँच घण्टा पैदल हिड्नु पर्ने बाध्यता छ। जेठ ६