Gold
Bangad salyan

पोर्न साइट भिडियो बनाएर अपलोड गरेको अभियोगमा पक्राउ,

असार २९ ,काठमान्डौ – पोर्न साइट बनाएर चलाएको आरोपमा साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ ।

गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई अनधिकृत रुपमा पोर्न साइट बनाएर भिडियो राखेको आरोपमा ब्युरोले पक्राउ गरेको बताएको हो।

चितवनकी एक १७ वर्षीया किशोरीको अश्लिल भिडियो पोर्न साइटमा श्रेष्ठले हालेको अभियोगमा शनिबार पक्राउ गरिएको एसएसपी नविन्द अर्यालले बताएका छन् ।

ति बालिकाले भिडियो पोर्न साइटमा राखेको भनेर साईबर ब्युरोमा उजुर गरेकी थिइन्।

पक्राउ परेका उनलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद,९ मा उल्लखित कसुरमा पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जानकारी गरेको हो ।