Gold
Bangad salyan

बाँकेमा अधिकृत घुससहित पक्राउ ,

असार ३० ,काठमान्डौ – घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओली घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो ।

सेवाग्राहीबाट ठेक्कापट्टाको अनुमति पत्र (लाईसेन्स) बनाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै घुस वापतको रकम लिईरहेकोबेला आयोगको टोलीले उनलाई पक्ताउ गरेको बताएको छ।