Gold
Bangad salyan

नवलपरासी पश्चिम प्रहरीद्धारा ५३ बोरा अबैध युरिया मल बरामद ,

साउन ३ ,नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हिनन्दन गाउँपालिका वडानं. २ मुडेरामा प्रहरीले ५३ बोरा अबैध युरिया मल बरामद गरेको छ ।

बिहीबार स्थायिन लख्खी प्रसाद केवट सहानीको घरमा लुकाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय र सिमा प्रहरी कार्यालय महेशपुरको टोलीले बरामद गरेको हो ।

बरामद गरिएको मलको मुल्य ४५ हजार ५० रुपैंया पर्ने र सोधपुछका आधारमा उक्त कार्यमा स्थानिय उदयराज यादव समेत संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको ५३ बोरा आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

रबिन्द्र यादव,
नवलपरासी पश्चिम