Gold
Bangad salyan

श्रीमति हत्या प्रकरण :रञ्जन कोइरालाविरुद्धको पुनरावलोकन मुद्दाको पेसी आज,

साउन ११ ,काठमान्डौ – सशस्त्र प्रहरीका पूर्वडीआईजी श्रीमती हत्या प्रकरणमा थुनामुक्त भएका रञ्जन कोइरालाको मुद्दा तीन न्यायाधीशको बेन्चमा परेको छ ।

न्यायाधीशहरु वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको बेन्चमा परेको हो । कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आज सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, शुष्मालता माथेमा, डा मनोज कुमार शर्मा, डा आनन्द मोहन भट्टराई र सपना मल्ल प्रधानले यो मुद्दा हेर्न नमिल्ने भएपछि मुद्दाको पेशी उनीहरुको इजलाजमा तोकिएको हो ।

पत्नीको हत्या आरोप लागेका रञ्जन कोइराला सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका थिए ,तर सर्वोच्चले सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो ।

उनि अहिले रिहा भईसकेका छन् ,जेल सजाय घटाएर कोइरालालाई छिट्टै रिहा गर्ने फैसला गरेका कारण प्रधानन्यायाधीश जबरा अहिले विवादमा तानीएका छन् उनि विरुद्द माईतिघरमा प्रदर्शन समेत गरिएको छ।

जबरालाइ महाभियोग समेत लगाउने तयारि भईरहेको छ।पूर्वडीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएको भन्दै काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

तर, जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्चले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो ।

सर्वोच्चले कोइरालाको कैद सजाय ८ वर्ष ६ महिनामा घटाएको छ । नेपालको संविधानमा जन्मकैद भन्नाले २० वर्ष तोकीएको छ।

तर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेज बहादुर केसीको संयुक्त इजलाशले ‘सजाय चर्को पर्न जाने’ भन्दै कोइरालाको सजाय अवधि ८ वर्ष ६ महिनामा घटाइदिएका थिए ।

श्रीमतीको हत्या भईसकेको र कोइराला जेलमा रहने हुनाले उनका बाल बच्चाको हेर देखको लागि भएपनि आफुहरुले सजाया घटाएको संयुक्त ईज्लासले बताएका थिए ।

जसको अहिले विरोध भईरहेको छ। २०६८ माघ ८ गते रञ्जनलाई नागढुंगाबाट प्रहरीले उनको गाडीबाट हत्कड्डी लगाएको थियो।