Gold
Bangad salyan

आज थप १३९ जना कोरोना संक्रमित थपिए ६२६ जना डिस्चार्ज ,

साउन १२ ,काठमान्डौ – पछिल्लो २४ घन्टामा १३९ जनामा कोरोना संक्रमणका बिरामी थपिएको स्वस्थ्य मन्त्रालयले जनाएको छ।

यो संगै कुल संक्रमितको संख्या १८ हजार ७२४ पुगेको छ। तेस्तै पछिल्लो २४ घन्टामा ६२६ जना डिस्चार्ज भएपछि कुन संख्याबाट १३ हजार ७५४ पुगेको मन्त्रलायका प्रवक्ता डा. जागेस्वर गौतमले जानकारी गराए।

उनका अनुसार ५३१ जना रेडजोनमा छन् ,पछिल्लो समयमा कोहिपनि रेडजोनमा परेका छैनन्।

तेस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएपछि हाल सम्म ४८ जनाको कोरोनाबाट मृत्यु भएको छ।

तेस्तै हाल ४९५० जना कोरोनाका सक्रिय बिरामी रहेकोपनि मन्त्रालयले जनाएको छ।