Gold
Bangad salyan

२० हजार नजिक पुग्यो कोरोना संक्रमितको संख्या ५२ जनाको मृत्यु ,नाका बन्द हुने ,

साउन १५ ,काठमान्डौ – नेपालमा आज थप २७४ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

६ हजार ३०४ जनामा गरिएको पीसीआर परिक्षणमा २७४ जनामा कोरोना संक्रमणको पुस्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।

तेस्तै पछिल्लो २४ घन्टामा २२७ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् यो संगै कोरोनालाई जित्नेको संख्या १४ हजार २४८ पुगेको छ ,भने नेपालमा कुल कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ।

आज थपिएका कोरोनाबाट ३ मृतक संगै हाल सम्म ५२ जनाको कोरोनाबाट मृत्यु भएको छ।

तेस्तै काठमान्डौका विभिनन नाकामा गरिएको स्वाब परिक्षणमा २४ जनामा कोरोना फेला परेको छ।

यो संगै गृह मन्त्रालयले आज साँझा ७ बजे देखि बिहाना ७ बजे सम्म काठमान्डौमा हिडडुल गर्नमा रोक लगाएको छ।