पाँच दिनपछि ओली प्रचण्डको भेटघाट ,
साउन १८ ,काठमान्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड ५ दिनपपछि छलफलमा बसेका छन्।
प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान देखि भएको छलफलमा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पौडेल पनि सहभागी रहेको बालुवाटार स्रोतले बताएको छ।
साथै दुई अध्यक्षबीचको संवादमा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन् ।
साउन १३ गतेदेखि ओली र प्रचण्डबीच छलफल हुन सकेको थिएन। प्रधानमन्त्री केपी ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि नेकपा विवाद नयाँ मोडमा पुगेको थियो ।
यसबीचमा दुई अध्यक्षबीच संवादको वातावरण बनाउन विष्णु पौडेल र शंकर पोखरेलले दुवै जनासँग भेटघाट र छलफल गरेका थिए। सोहि निर्णय अनुसार आज दुवै अध्यक्ष बिच छलफल चलिरहेको छ।

