Gold
Bangad salyan

नेपालमा झन् बढ्यो दैनिक कोरोनाको संख्या आज मात्र ४१८ जना थपिए,

साउन १९ ,काठमान्डौ – नेपालमा दैनिक जस्तो कोरोनाका बिरामी बढ्दै गएका छन्।

पछिल्लो २४ घन्टामा थप ४१८ जनामा कोरोना संक्रमणको पुस्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

देशका विभिन्न प्रयोगशालामा ७,६३७ जनामा गरिएको पीसीआर परिक्षणमा सो संख्या फेला परेको मन्त्रालयको कोरोना नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले बताएका हुन्।

उनका अनुसार हाल देशभर ५ हजार ७ सय ३२ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् ।

तेस्तै नेपालमा कुल कोरोना संक्रमितको संख्या २० हजार ७५० पुएगेको छ। तेस्तै पछिल्लो २४ घन्टामा ३ सय ५८ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या १४ हजार ९६१ पुगेको छ।

माथिको कुल संख्याबाट हाल सम्म नेपालका विभिन्न जिल्लामा गरि ५७ जनाको कोरोनाबाट मृत्यु भईसकेको छ।