Gold
Bangad salyan

मलेसियामा नेपालि सेक्युरिटी गार्डलाई नेपालिनै कुटेका थिए ,

साउन १९ ,काठमान्डौ – केही दिनअघि सामाजिक सञ्जालमा एक सेक्युरिटी गार्डलाई कुटेको भिडियोभाइरल भएको थियो।सो भिडियो कँहा को हो भन्ने समेत पत्ता नलागेपनि मलेसियको हो भन्ने पत्ता लागेको छ।

भिडियो जताततै भाईरल बनेपछि चौतर्फी आलोचना भयो र पक्कै नेपालिनै हुनुपर्छ भन्ने सबैको आंकलन भयो।

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले उक्त घटनाबारे अनुसन्धान थालेको थियो।

सोमबार विज्ञप्ति जारी गर्दै दूतावासले कुट्ने र कुटिने दुबै जना नेपाली नागरिक भएको जनाएको छ।

उक्त भिडिओमा मलेसियामा कार्यरत एक जना नेपाली सेक्युरिटी गार्डलाई निर्मम तरिकाले कुटपिट गरिएको थियो। ड्युटीमै रहेका बेला कुटपिट भएपछि ती सेक्युरिटी निरिह देखिन्छन्।

उक्त घटना ७ जुलाईमा क्वालालम्पुरस्थित एमथ्री मलमा भएको हो। कुट्ने व्यक्ति सुपरभाइजरको रूपमा काम गर्ने कपिलवस्तुका रामगोपाल नुराउ हुन्। उनले सोही मलमा सेक्युरिटी गार्डको काम गर्ने इस्लाम हुसेनलाई कुटेका हुन्।

‘मलेसियाको अध्यागमन कानुनअनुसार पीडक र पीडित दुबै जना मलेसियामा अवैधानिक अवस्थामा रहेको देखिएको छ,’ दूतावासले भनेको छ। पीडक नुराउ आफैं मलेसियन प्रहरी सक्षम उपस्थित भएको दुतावासले जानकारी गरेको छ। ।