Gold
Bangad salyan

कोरोना संक्रमणको बीच पनि जाईजात्रा धुमधाम मनाईदै ,

साउन २० ,काठमान्डौ – काठमान्डौमा कोरोनाको कहरको बीच पनि गाईजात्रा पर्व मनाईदै छ।जाईजात्रा पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाउने परम्परागत सांस्कृतिक पर्व हो।

जाईजात्राको अवसर पारेर विकृतिप्रति प्रदर्शन नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा मनाईने पर्व विशेषगरि उपत्यकामा नेवार समुदायले मनाउने प्रचलन छ ।

तर पनि उपत्यका बाहेक अन्य जिल्लामा धुम धामले मनाउने गरिन्छ। जाईजात्रा मनाउदा ठुलो भिड हुने हुँदा यो वर्ष कोरोनाको संक्रमणले सबैले ध्यान दिनपनि सरकारले आग्रह गरेको छ।जाईजात्रा पर्व राजा प्रताप मल्लेले सुरु गरेका थिए।

उनले छोरा चक्रवर्तेन्द्रको मृत्युबाट भावविह्वल भएकी आफ्नी रानी भुवन लक्ष्मीलाई दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन वर्ष दिनभित्र मानिस मरेका घरबाट गाईजात्रा निकाल्न लगाएको र यसले कालान्तरमा जात्राको रूप लिएको इतिहासमा उल्लेख छ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेपछि राजाले विभिन्न प्रकारका मनोरञ्जनात्मक तथा व्यंग्यात्मक कार्यक्रम गर्न लगाएको पाईन्छ।